नियम ७४
चालचलन सम्बन्धी प्रतिवेदन भर्दा परामर्श लिनुपर्ने
: क्षेत्रीय प्रहरी कार्यालयको प्रमुखले जिल्ला प्रहरी कार्यालयको प्रमुखको र महानगरीय प्रहरी प्रमुखले महानगरीय प्रहरी परिसर प्रमुखको चालचलन सम्बन्धी प्रतिवेदन भर्दा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिनु पर्नेछ ।